News Portal

  • एनआईसी एशियाकाे सर्वश्रेष्ठ बचत खाता

    आर्थीकसंसार संवाददाता२४ फागुन, २०७८
    ८३९ पटक
    २४ फागुन, २०७८

    काठमाडाैं । झापा, दमकका गजेन्द्रबिक्रम कटुवाल गत वर्षको लकडाउनमा एक्कासी मुटुको भल्बमा समस्या आयो । ४५ वर्षे कटुवालको गंगालाल अस्पतालमा मुटुको अप्रेसन भयो । उपचारमा २० लाखभन्दा धेरै खर्च लाग्यो । कतारमा २० वर्ष बसेर कमाएको पैसा उपचारमा जाने भयो भन्नेमा उनी साह्रै चिन्तित थिए । तर, त्यो चिन्ता धेरै दिन रहेन् ।
    उनले दुई वर्षअघि एन आई सी एशिया बैंकमा चमत्कारी बचत योजना अन्र्तगत न्यूनतम २५ हजार रुपैयाँ राखेर खाता खोलेका थिए । त्यही खातामा घातक रोगको लागि १० लाखसम्मको बीमा फाइदा थियो । कटुवालले आफ्नो मुटुको उपचार गर्न त्यही बीमा वापतको १० लाख रुपैयाँ पाए । ‘एन आई सी एशिया बैंकबाट बीमा १० लाख पाउँदा मलाई धेरै राहत भयो,’ कटुवाल भन्छन्, ‘बैंकले आफ्ना ग्राहकलाई धेरै राम्रो बीमा फाइदा उपलब्ध गराएको छ ।’
    कटुवाल जस्ता ७०० भन्दा धेरैले एन आई सी एशिया बैंकका ग्राहकले आफ्नो रोगको उपचार गर्न भनेर बीमा पाएका छन् । जसको लागि बैंकले रू.४ करोड ३० लाख रुपैयाँ बीमा भुक्तानी गरिसकेको छ ।
    कात्तिक १ गतेदेखि ल्याएको सर्वश्रेष्ठ बचत खाता योजनालाई आम ग्राहकवर्गले अत्यन्तै मन पराइदिएपछि बैंकले त्यसमा थप फाइदा उपलब्ध गराएको छ । बैंकले दुई तरिकाबाट बीमा योजनालाई अझ ग्राहकमैत्री बनाएको छ । पहिलो, यसअघि १ वर्ष अवधिको लागि उक्त बीमा उपलब्ध रहेकोमा त्यसलाई बढाउँदै ५ वर्ष पुर्याएको छ । जुन नेपालको बैंकिङ्ग क्षेत्रमै सम्भवत् पहिलो पटक र कुनै पनि बचत खातामा उपलब्ध भएको मध्ये धेरै हो । अन्य बैंकहरुको केबल मात्र १ वर्षको लागि उपलब्ध छ ।
    अर्को हो, बीमा फाइदा पनि ८४ लाख रुपैयाँसम्म उपलब्ध गराएको छ । एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले आम जनमानसको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरू उपलब्ध गराउने उद्देश्यले बैंकले बीमा फाइदालाई अझ बढाएको बताए ।
    ‘अब ग्राहकले सर्वश्रेष्ठ बचत खातामा ५ वर्ष अवधिको बीमा फाइदा पाउनुहुनेछ,’ न्यौपानेले भने, ‘यस खाताको लागि ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाईदा प्रदान रहेका छन् ।’ बैंकले देशको ग्रामीण तथा दूरदराजमा रहेका आफ्ना लाखौं ग्राहकहरुलाई सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ सेवा दिन भनेर २०७८ कार्तिक १ देखि सर्वश्रेष्ठ बचत खाता ल्याएको थियो ।
    जसमा सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी २४ सर्वश्रेष्ठ फाइदाहरू रहेकाछन् । थप फाइदा उपलब्ध गराउने उद्देश्यका साथले बैंकले बीमा फाइदा बढाएको हो ।
    सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूले ३ वटा कर्जा सम्बन्धी फाइदाहरु पाउने छन् । यस्तो कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा फाइदा समेत उपलब्ध रहेको छ । बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई पाँच वर्षको अवधीसम्म निःशुल्क उपलब्ध गराएको छ ।

    यस्ता छन् सर्वश्रेष्ठ फाइदाहरु
    ग्राहकहरुले सकेसम्म धेरै फाइदा पाउनुपर्छ भनेर बैंकले हरेक सेवामा निशुल्क र छुटको व्यवस्था गरेको छ । अधिकांश सेवाहरु पाँच वर्षको लागि निशुल्क उपलब्ध गराएको छ । त्यस्तै, केही सेवाहरु भने ५० प्रतिशत छुट दिएको छ ।
    जस्तो कि डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वार्षिक क्रेडिट कार्ड शुल्क, प्रिपेड डलर कार्ड, डिम्याट खाता एवं मेरो शेयर शुल्क, चेक क्लियरिङ, आरटीजीएस, आईपीएस÷सीपीएस ÷फण्ड ट्रान्सफर पाँच वर्षको लागि निःशुल्क उपलब्ध गराएको छ । योे नेपालको बैंकिङ्ग क्षेत्रकै पहिलो पटक यस बैंकले ल्याएको हो ।
    त्यस्तै, क्रेडिट कार्ड जारी शुल्क र वार्षिक शुल्कहरु निःशुल्क उपलब्ध गराएको छ । लकर दस्तुर र लकर मार्जिन पाँच वर्षको लागि निःशुल्क र सत प्रतिशत मिनाहा गरिएको छ । त्यस्तै, इ–पोर्टफोलियो म्यानेजमेन्ट सेवा शुल्क पाँच वर्षको लागि ५० प्रतिशत छुट, ई–कमर्श निःशुल्क सुचारु एवं पाँच वर्षको लागि निःशुल्क रहेको छ ।
    एटीएम शुल्क देशभरका कुनै पनि बैंकका एटीएमबाट रकम झिक्न र मौज्दात जाँच्न पाँच वर्षको लागि निःशुल्क उपलब्ध छ । क्रेडिट कार्ड सीमा अधिकतम ५ लाखसम्मको उपलब्ध छ । स्विप इन–स्विप आउट फाइदाअन्र्तगत खातामा २ लाखभन्दा बढी रकम भएमा उक्त बढी रकमलाई १० हजारले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र सो रकममा मुद्दती निक्षेप अनुसारकै ब्याजदर प्राप्त हुनेछ ।
    विदेशी मुद्रा जस्तो कि अमेरिकी, युरो, क्यानेडियन, अष्ट्रेलियनहरुको सटही २५ पैसा प्रिमियम वा रिवेट रहेको छ । यी थप फाइदाहरु यस अघि सर्वश्रेष्ठ खाताहरू खोलेका ग्राहकहरुले पनि कुनै अतिरिक्त शुल्क बिना स्वतः पाउन उपलब्ध हुने बैंकले जनाएको छ ।
    बैंकको सेवालाई मुलुकभरका ग्राहक तथा जनताहरुले विश्वास र माया गरेका कारणले आफ्ना सेवालाई हरेक टोलटोलमा पुर्याएको छ । प्रत्येक घरमा एन आई सी एशिया बैंक पुर्याउने लक्ष्य अनुसार बैंकले मुलुकभर ३५८ शाखा कार्यालयहरू खोलिसकेको छ ।
    त्यस्तै, ४७३ एटिएम, ७६ वटा विस्तारित काउन्टर र ८१ वटा शाखा रहित बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । मुलुकमा २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्यामध्ये करिब २५ प्रतिशतलाई यस बैंकमार्फत सेवा दिन सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

    प्रतिकृया दिनुहोस्