News Portal

  • एशियन लाइफद्वारा २९ लाख मृत्युदाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२३ फागुन, २०७८
    ७०७ पटक
    २३ फागुन, २०७८

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा गोरखाको धार्चे ०४, लाप्राक निवासी सुनबहादुर गुरुङको आश्रित परिवारलाई अठ्ठाइस लाख चौबीस हजार चार सय बाउन्न रुपैयाँ दाबी भुक्तानी गरिएको छ ।
    २०७८ माघ १४ गते हृदयघातको कारण मृत्यु भएको थियो । २०७८ फागुन २२ गते दाबी भुक्तानीवापतको चेक बीमितको श्रीमति तेरता कुमारी गुरुङलाई रिजनल हेड बद्रिनाथ पौडेल र वडा अध्यक्ष राज गुरुङले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।
    चेक हस्तान्तरण कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर राजकुमार श्रेष्ठ, सचिन सुवेदी, रेवीलाल गुरुङ, एजेन्सी म्यानेजर किसान गुरुङ, गोरखा उपशाखा इन्चार्ज भाईकाजी आलेको उपस्थिति रहेको थियो ।
    त्यसैगरी एशियन लाईफ इन्स्योरेन्सले धिरेन्द्रबहादुर शाहीको आश्रित परिवारलाई मृत्यु दाबीवापत १ लाख ३३ हजार ८ सय ६ रुपैयाँ दाबी भुक्तानी गरेको छ । दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिका–४ स्थित निवासमा स्वर्गीय शाहीको श्रीमती दिल्मा कुमारीलाई दाबीवापतको चेक हस्तान्तरण गरिएको हो । चामुन्डाविन्द्रासैनि नपा–४ का वडा अध्यक्ष पबित्रा शाही, एशियन लाइफको दैलेख शाखा प्रबन्धक डम्मर ढकाल सिनियर एजेन्सी मेनेजर ललिता थापा लगायतको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्