News Portal

  • कोका–कोला नेपालले हजार महिला व्यवसायीहरुलाई “सक्षम” तालिम प्रदान गर्दै

    आर्थीकसंसार संवाददाता२३ फागुन, २०७८
    ५९१ पटक
    २३ फागुन, २०७८

    काठमाडौं । महिला सशक्तिकरण र समानताले समाजमा थुप्रै सकरात्मक प्रभाव पर्ने कुरा त सर्वविदित नै छ । त्यसैले कोका–कोला सदैव आफ्नो कार्यस्थल र बाहिर पनि महिला सशक्तिकरणका विभिन्न कार्यक्रमहरु गर्दै समाजमा सकरात्मक प्रभाव ल्याउन प्रयासरत छ । र यस्तै कार्यक्रमहरुकै श्रृङ्खलाअन्तर्गत कोका–कोलाले नेपालको लागि आफ्नो बोटलिङ पार्टनर बोटलर्स नेपालसँग मिलेर “सक्षम” कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रमअन्तर्गत नेपालका विभिन्न ठाउँमा किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आएका १,००० महिला व्यवसायीहरुलाई व्यवसायिक तालिम दिने योजना रहेको छ ।


    अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को नारा “दिगो भविष्यको लागि आज लैङ्गिक समानता” भन्ने नारालाई समर्थन गर्दै यो कार्यक्रममा महिलाहरुलाई व्यापारिक र आर्थिक रुपमा सक्षम बनाउने योजना राखिएको छ । यो कार्यक्रमले महिलाहरुलाई त्यस्तो ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखेको छ, जसले उनीहरुलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्दै समग्रमा राष्ट्रकै आर्थिक विकासमा सहयोग पुर्याउन सक्षम बनाउँछ । त्यसैले यो कार्यक्रम यस्ता पसल सञ्चालन गर्ने महिलाहरुको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई र डिजिटल वालेटको प्रयोगजस्ता विषयमा क्षमता अभिवृद्धि गर्न डिजाइन गरिएको हो ।


    कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्नुभयो, “हामी विश्वास गर्छाँै कि एउटा नारी सक्षम हुनु भनेको सम्पूर्ण राष्ट्र नै सक्षम हुनु हो । त्यसैले हामीले महिलालाई सक्षम बनाउने उद्धेश्यले पहिला पनि STAR र “5by20” जस्ता कार्यक्रमहरु सञ्चालन गरेका थियौँ र ती कार्यक्रमहरुले वहाँँहरुको जीवनमा सकरात्मक परिवर्तन पनि ल्याउन सफल भएका थिए, जुन हाम्रो लागि खुशीको कुरा हो । र महिला सशक्तिकरण सम्बन्धि यस्तै कार्यक्रमहरु सञ्चालन गर्ने अभियान अन्तर्गत यो वर्ष हामीले नेपालभरि साना किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आइरहेका १,००० महिलाहरुलाई व्यवसायिक तालिम दिँदै छौँ । हामीलाई आशा छ कि यो कार्यक्रममा सहभागि महिलाहरुको जीवनमा पनि प्रभावकारी परिवर्तन आउनेछ ।”


    बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो, “नेपालको ग्रामीण तथा शहरी क्षत्रका धेरैजसो किराना पसल र खाजा घरहरु प्रायः महिलाहरुले नै चलाउनुहुन्छ । र हामीले के देखेका छौँ भने यो कोभिड महामारीले वहाँँहरुको व्यापारमा धेरै चुनौतीहरु ल्याएको छ । यो कार्यक्रम मार्फत हामीले वहाँहरुलाई यस्ता चुनौतीहरुको सामना गर्न सक्षम बनाउने र वहाँहरुको व्यापारिक क्षमता अभिवृद्धि गराउने लक्ष्य लिएका छौँ । हामीलाई विश्वास छ कि यस कार्यक्रमले वहाँहरुलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्न सक्षम बनाउनेछ र वहाँँहरुको आत्मविश्वास पनि बढाउनेछ ।”


    विविधता, समानता र समावेशीकरण कोका–कोलाको मुल मान्यता हो र यिनले कम्पनीको वृद्धि, विकास र सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । कोका–कोलाले वर्षाँैदेखि सञ्चालन गर्दै आइरहेको महिला सशक्तिकरण सम्बन्धि विभिन्न कार्यक्रमहरुले पनि यसलाई पुष्टि गर्छन् । सन् २०२० सम्म ५ मिलियन महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने महत्वाकाँक्षी लक्ष्य सहित कोका–कोलाले सन् २०१० मा “5by20” कार्यक्रम विश्वव्यापी रुपमा सञ्चालन गरेको थियो । साथै कोका–कोला नेपालले विगत ६ वर्षसम्म “STAR” (शपकिपर ट्रेनिङ एण्ड रिसोर्सेस) कार्यक्रम पनि सफलतापूर्वक सञ्चालन गरेको थियो जसमा ५,८०० महिला व्यवसायीहरुलाई तालिम दिइएको थियो ।

    प्रतिकृया दिनुहोस्