News Portal

  • राष्ट्रिय सहकारी बैंक, ग्लोबल आईएमई र एससिटीबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२२ फागुन, २०७८
    ११९३ पटक
    २२ फागुन, २०७८

    काठमाडौं । सहकारी संघ/संस्थाहरुको लागीआफ्नै ब्राण्डको कोप (एटिएम)कार्ड जारी गर्ने उद्देश्यका साथराष्ट्रिय सहकारी बैंक लिमिटेड सहित स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र ग्लोबल आइएमई बैंक लिमिटेड एटिएम कार्ड सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
    आईतबार एक कार्यक्रमको आयोजना गरी सम्झौतामा राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई, एससिटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राजबज्राचार्यले सम्झौता पत्रमा संयुक्त रुपमा हस्ताक्षर गरे ।
    सम्झौता पछि एससिटीसँगको सहकार्यमा सबै प्राविधिकतयारी पुरा भएपछि राष्ट्रिय सहकारी बैंकले छिट्टै आफ्ना सदस्य सहकारी संघ/संस्थाहरु मार्फत सहकारीमा आबद्ध सदस्यलाई एटिएम कार्ड प्रदान गर्ने बैंकका अध्यक्ष केबी उप्रेतीले बताए ।
    उनले बाणिज्य बैंकका ग्राहकहरुले प्रयोग गरे जस्तै सहकारी संस्थाका सदस्यहरुले कोप कार्ड प्रयोग गर्न सक्ने विशेषता यसमा रहेकोले सहकारीका सदस्यहरुले कार्ड मार्फत आर्थिक कारोबार सक्ने भन्दै सुरक्षा र प्रविधिको हिसावले मजबुत मानिएको बताए ।
    साथै नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानलाई पनि सहयोग पुग्ने उल्लेख गर्दै सहकारीका सदस्यहरुले पनि नगदरहीत कारोबार गर्न पाउनु आफैँमा ठूलो उपलब्धि रहेको बताए ।
    राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बैंकले सहकारी र प्रविधि विच काम गर्न बैंकको डिजिटल बैंकिंग युनिट तयार गरि कार्य अगाडि बढाएको उल्लेख गर्दै बैंकमै उक्त यूनिटलाई परिचालनगरि सहकारी संस्थाहरुमाभएको प्रविधिलाई स्तरोन्नती गर्ने तथाविकसित बैंकिङ प्रविधिभित्राउन समन्वयत्मक भुमिका निर्वाह गर्ने बताए ।
    एससिटीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले बैंकसँगको यो सहकार्यले कम्पनी उत्साहित भएको बताउँदै उत्कृष्ट सेवा प्रदान गर्न तत्परताका साथ लाग्ने बताए ।
    नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा एटिएम कार्ड, स्मार्ट क्यूआर कोड र मोवाइल बैंकिङमार्फत आफनो सेवा दिदैं एससिटीले हालसम्म बैंक तथा बित्तीय संस्थाहरुलाई मात्र सुविधा पु¥याउदै आइरहेकोमा हाल बढ्दै गएको सहकारीको भूमिका र कारोवारलाई मध्ये नजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा राष्ट्रिय सहकारी बैंक मार्फत सहजै एटिएमकार्ड जारी गर्न सक्ने प्रविधि र प्रकिया मिलाईएको छ ।
    एससिटीले चीनको यूपिआईसँग सहकार्य गर्दै विगत केहि समय अगाडि देखि सहकारीहरुलाई कार्ड सेवा दिईसकेको भए पनि यसलाई प्रभावकारी बनाउन र सहकारी संघ/संस्थाहरुको सबै तहमा पु¥याउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा सबै प्रकृतिका सहकारीहरुलाई एउटै ब्राण्डको कोप कार्ड जारी गर्न लागेको हो ।
    यसरी प्रदानगर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रबिधिमा आधारित हुने र नेपाल तथा भारतका एटिएम पिओएस जुनसुकै स्थानमा चलाउन सकिने छ । एटिएम कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजकत्वको रुपमा राष्ट्रिय सहकारी बैंकमार्फत सहकारीहरुले आफ्ना सदस्यहरुलाई जारी गर्नेछन् ।
    सम्झौता पश्चात सम्पूर्ण सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमार्फत कोप कार्ड जारी गर्न सक्नेछन । सहकारीहरुले आफ्नो सदस्यहरुलाई कोप कार्डको वितरण गरेपछि सहकारीमा आवद्ध सदस्यहरुले आफ्नो सहकारीको खातावाट जुनसुकै बेला जँंहाबाट पनि एटिएम मार्फत रकमनिकाल्न सक्नेछन् ।
    त्यस्तै पिओएसको माध्यमबाटकुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्ने बैंकले जनाएको छ । यो सुविधाका कारण सदस्यहरुको सहकारी प्रतिविश्वास बढ्दै जाने र सहकारीको बचत सहकारीमै रहि रहने विश्वास बैंकले लिएको छ ।
    यो सम्झौताले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा पहुँच बढदै जाने र साधारण बैंकिङ कारोवारको लागि बैंक गइरहनु पर्ने बाध्यतावाट मुक्तिहुने र सहकारीहरुको विकासमाथप योगदान पुग्ने छ । बैंकसँगको सम्झौता पश्चात सहकारीहरुले जारी गर्ने कोप कार्ड ग्लोबल आइएमई बैंकको ३ सय भन्दा बढी एटिएम बुथबाट नि:शुल्क रुपमा रकम झिक्न सक्नेछन् ।
    सम्झौता कार्यक्रममा बैंकका अध्यक्ष केबी उप्रेती, निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेल, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, बैंकका संञ्चालकहरु, उच्च व्यवस्थापनका कर्मचारीहरु, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य सहित उच्च व्यवस्थापनका कर्मचारीहरु,एससिटीका अध्यक्ष सुमन पोखरेल, अधिकृत नारायण प्रकाशभुजु लगायतको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्