News Portal

  • आइएमई जनरलले ४०% हकप्रद शेयर निष्काशन गर्दै

    आर्थीकसंसार संवाददाता२२ फागुन, २०७८
    ९३९ पटक
    २२ फागुन, २०७८

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज फागुन २२ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।
    कम्पनीको हकप्रद शेयरमा छिटोमा चैत्र १३ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपीआई आर ट्रिपल बी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न सुरक्षित रहेको संकेत गर्दछ ।
    कम्पनीले हकप्रद शेयर प्रयोजनार्थका लागि फागुन १ गते बुक क्लोज गरेको थियो । त्यसैले, माघ २७ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
    कम्पनीको कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, आइएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ  ।

    प्रतिकृया दिनुहोस्