News Portal

  • बैंक अफ काठमाण्डूकाे नयाँ शाखा झापाको दमकमा

    आर्थीकसंसार संवाददाता२२ फागुन, २०७८
    ९५२ पटक
    २२ फागुन, २०७८

    काठमाडौं । बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको दमकमा खुलेको छ । आइतबार दमक नगरपालिकाका मेयर रोमनाथ ओली र बैंकका संचालक गोबिन्द प्रसाद शर्माले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।
    नयाँ शाखाको उद्घाटन गर्दै शर्माले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको बताए ।
    बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्