काठमाडौं । नेपाल फाइनान्स कम्पनीको रिक्त रहेको सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा रोजिना श्रेष्ठलाई नियुक्त गरिएको छ ।
संस्थाको असार १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले पानस इन्भेष्टमेन्टका तर्फबाट श्रेष्ठलाई बाँकी कार्यकालको लागि नियुक्त गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।
त्यसैगरी स्वतन्त्र संचालक पदमा आनन्दकृष्ण ताम्राकारलाई नियुक्त गरिएको छ । ताम्राकार कृषि विकास बैंकबाट अवकाश प्राप्त रहेको विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी प्राध्यापक हिरेन्द्रमान प्रधान अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया रहेको विज्ञप्तीमा भनिएको छ । संस्थाको कमलादीस्थित मुख्य शाखा कार्यालय तथा नयाँ सडकस्थित शाखा कार्यालय सञ्चालनमा रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
हाल संस्थामा ७ जना संचालक समिति रहेका छन् । जसमा अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधान, चन्द्रकुमार राई, दिप्रश शाक्य, राजन प्रजापति, लक्ष्मी महर्जन, रोजिना श्रेष्ठ र आनन्दकृष्ण ताम्राकारसहितको संचालक समिति रहेको जनाएको छ ।
नेपाल फाइनान्समा सेयरधनीबाट रोजिना श्रेष्ठ नियुक्त
आर्थीकसंसार संवाददाता
- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने