News Portal

  • प्रभु बैंकले ल्यायो फोन लोन सुविधा सञ्चालनमा

    आर्थीकसंसार संवाददाता२० फागुन, २०७८
    ५२८ पटक
    २० फागुन, २०७८

    काठमाडौं । प्रभु बैंक लिमिटेडले अत्याधुनिक प्रविधिको उच्चतम् उपयोग गर्दै आफ्ना ग्राहकहरुको लागि मोबाईलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा आजदेखि सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लि.का ग्राहकहरुले आफ्नो मोबाईलमा रहेको प्रभु मोबाईल बैंकिङ्ग सफ्टवेयर (Prabhu Mobile Banking Application) को माध्यमबाट आफुलाई आवश्यक परेको जुनसुकै बेला सजिलै रु. २ लाख सम्मको फोन लोन सुविधा लिन सक्ने भएका छन् । यो सुविधा हालको लागि प्रभु बैंक लि. मा तलबी खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले मात्र उपभोग गर्नसक्ने व्यवस्था मिलाईएको छ । यो सुविधा उपभोग गर्नका लागि प्रभु बैंकका ग्राहकले आफ्नो मोबाईलमा रहेको मोबाईल बैंकिङ्ग सफ्टवेयरबाट फोनलोनको लागि अनुरोध गर्न सक्नेछन् । फोनलोनको लागि अनुरोध प्राप्त हुनासाथ सम्बन्धित ग्राहकको कारोबारको विवरण समेतलाई आधार बनाई सम्बन्धित ग्राहकले फोन लोन सुविधा अन्तर्गत लिन पाउने कर्जा सीमा (Fone Loan Limit) निर्धारण हुनेछ । यो कर्जाको भुक्तानी अवधि बढिमा ३६ महिनासम्मको हुनेछ । यसबाट तत्काल साथमा नगद नभएका कारण आर्थिक अभावबाट गुज्रिनु पर्ने अवस्थाको अन्त्य हुनेछ । साथै, सानो तिनो कर्जा कारोबारको लागि बैंकमा उपस्थित हुनु पर्ने झण्झटको अन्त्य हुनेछ । बैंकले सञ्चालनमा ल्याएको फोन लोन सुविधा उपभोग गरी अधिकतम लाभ लिनुुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्