News Portal

  • लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त

    आर्थिकसंसार संवाददाता१७ भदौ, २०७७
    ७८९ पटक
    १७ भदौ, २०७७

    काठमाडौं । लक्ष्मी बैंकको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षको पदमा नेपाललाई नियुक्त गरेको हो ।
    उनले आजैदेखि नै लागू हुने गरी बैंकको अध्यक्ष पदको जिम्मेवार सम्हाल्ने छन् । नवनियुक्त अध्यक्ष नेपालले राष्ट्र बैंकका गभर्नरसँग अनलाइनमार्फत शपथ ग्रहण लिएका छन् ।
    हाल उनी नागरिक लगानी कोषको कार्यकारी निर्देशक छन् । राष्ट्र बैंकबाट अवकाश पाएका नेपालसँग बैंक अन्तर्गतको नियमन, सुपरीवेक्षण र बैंकिङ् क्षेत्रमा समेत कार्य गरेको अनुभव रहेको छ । नागरिक लगानी कोष लक्ष्मी बैंकको प्रवर्धक सेयरधनी हो । कोषको लक्ष्मी बैंकमा करिब १५ प्रतिशत सेयर लगानी रहेको छ ।
    मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका स्थायी घर भएका अध्यक्ष नेपालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा एमफिलसम्मको अध्ययन गरेका छन् ।

     

    प्रतिकृया दिनुहोस्