News Portal

  • नबिलमा एनबीलाई गाभ्न राष्ट्र बैंककाे सहमति

    ५ महिना भित्रै एकिकृत कारोबार गर्ने योजना

    आर्थीकसंसार संवाददाता१८ फागुन, २०७८
    १०७७ पटक
    १८ फागुन, २०७८

    काठमाडौं । नबिल बैंकलाई नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति मिलेको छ । दुई बैंकले गाभ्ने र गाभिने सम्बन्धि पठाएको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले सहमति दिएकाे हाे ।
    अब दुवैं बैंकले एक आपसमा गाभ्न र गाभिने प्रक्रियालाई तीव्रता दिनु पर्नेछ । राष्ट्र बैंकले गाभ्ने र गाभिने सम्बन्धि सैद्धान्तिक स्वीकृति दिँदै ६ महिनाभित्र सबै प्रक्रिया पूरा गरी एकिकृत कारोबार गर्न पनि निर्देशन दिएको छ । यता दुई बैंकले भने प्राप्तिकाे कार्य ५ महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् ।
    गत पुस २९ गते दुई बैंकले प्राप्ति सम्बन्धी समझदारी गरेका थिए । दुई बै‌ंककाे समझदारी पत्र अनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता सेयर बराबर नबिलको ४३ कित्ता हुने गरी सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) कायम भएको छ । सो प्रारम्भिक सेयर आदान प्रदान अनुपात सम्पत्ति दायित्व मूल्याङ्कन प्रतिवेदनको मूल्याङ्कनलाई समेत आधार मानी अन्तिम रुपमा तय हुनेछ ।
    दुबै बैकले नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको नीति र बैंकहरुको दीर्घकालीन रणनैतिक योजना समेतलाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढेका छन् । ब्राण्डका हिसाबले अग्रणी स्थानमा रहेको नबिल बैंकले गैरकोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति पश्चात बैंक बाणिज्य बैंकमा सबै सुचकांकहरुमा अग्रणी हुने विश्वास बैंककाे छ ।
    नबिलले एनबीलाई प्राप्ति पश्चात बैंकको प्राथमिक पुँजी ४३ अर्ब, चुक्ता पुँजी २२ अर्ब ५ करोड, कर्जा रकम ३ खर्ब, निक्षेप रकम ३ खर्ब १४ अर्ब रुपैयाँ हुनेछ । गैरकोषमा आधारित व्यवसायको आकार १ खर्ब ३० अर्ब रुपैयाँ माथी हुने बैंकले जनाएको छ । शाखा संजाल तत्कालै २३५ पुग्नेछन् भने ग्राहक संख्या १६ लाख माथी हुनेछन् ।
    नबिल र एनबी बैंक दुबैले संयुक्त मर्जर/एक्विजिसन सम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिश गरे बमोजिम गत पुस २९ गते सम्झौता भएको थियाे । राष्ट्र बैंकले ६ महिनाभित्र एकिकृत कारोबार गर्न निर्देश्न दिएपनि बैंकहरुको मर्जर समितिले भने ५ महिनाभित्रै एकिकृत कारोबार गर्ने गरी काम गर्ने योजना सुनाएको स्रोतको भनाई छ ।

    प्रतिकृया दिनुहोस्