News Portal

  • माछापुच्छ्रे बैंकलाई कर्पोरेट बिच क्रिकेटको उपाधि

    आर्थीकसंसार संवाददाता१६ फागुन, २०७८
    ७६५ पटक
    १६ फागुन, २०७८

    काठमाडौं । माछापुच्छ्रे बैेंकले एन इभेन्टले आयोजना गरेको कर्पोरेट बिच क्रिकेट २०७८ को उपाधि जितेको छ । त्रिशुलीको रिभरसाइड स्प्रीङ रिसोर्टमा सम्पन्न उक्त प्रतियोतिामा ८ कर्पोरेट टिमको सहभागिता रहेको थियो । कर्पोरेट बिच क्रिकेटको फाईनल खेलमा माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई ं९४ रनले हराएको हो । फाईनल खेलमा १२० रनको लक्ष्य दिएको माछापुच्छ्रे बैंकले सनराईज बैंकलाई जम्मा २६ रनमा अलआउट गर्दै प्रतियोगिताको उपाधि जितेको हो । माछापुच्छ्रे बैंकले नियमित कामको अतिरिक्त कर्मचारीहरुको इच्छाअनुसार अन्य क्रियाकलापहरुमा संलग्न गराई उनीहरुको वृत्तिविकासमा ध्यान दिँदै आएको छ ।
    बैंकको विस्तारित व्यवसाय, स्तरीय सक्षम व्यवस्थापन, कर्मचारीहरुको आकर्षक पारिश्रमिक, सुविधा, काम गर्ने मैत्रीपूर्ण वातावरणलगायतका मुख्य मापदण्डका तत्वहरुले गर्दा माछापुच्छ्रे बैंक बैंकिङ्ग क्षेत्रमा अव्वल, आकर्षक साथै अनुपालन बैंकको रुपमा समेत स्थापित बैंक मानिन्छ । बैंकले नेपाल राज्यभर उच्च सेवा सुविधाका साथ हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ्ग सुविधा मार्फत सेवा प्रदान गदै आईरहेको छ । र १५ सय भन्दा बढि कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्