News Portal

  • कामना सेवाको थप ३ स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार

    आर्थीकसंसार संवाददाता१६ फागुन, २०७८
    ५९० पटक
    १६ फागुन, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंकले थप ३ स्थानमा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।
    बैंकले  रुपन्देही जिल्लाको देवदह न.पा. वडा नंं. ८, अर्घाखाँची जिल्लाको सितगंगा न.पा. वडा नं. २, सितापुर र लमजुङ जिल्लाको मध्यनेपाल न.पा. वडा नंं ७ रामबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
    मोबाइल एपमार्फत बैंकले उक्त ३ स्थानको शाखारहित बैंकिङ्गको उद्घाटन गरेको थियो ।
    उक्त शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंके जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्