News Portal

  • एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई आगन्तुक रिसोर्टमा छुट

    आर्थीकसंसार संवाददाता१६ फागुन, २०७८
    ७२२ पटक
    १६ फागुन, २०७८

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र आगन्तुक रिसोर्टबीच सोमबार एक सम्झौता भएको छ । बैंकका कार्डधारकहरू, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र बैंकका कर्मचारीहरूलाई रिसोर्टले आवासमा २३ प्रतिशत छुट तथा खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको हो ।
    सम्झौतासम्बन्धी एमओयूमा बैंकका सीईओ सुदेश खालिङ र रिसोर्टका बोर्ड कोअर्डिनेटर कृष्णाप्रसाद ज्ञवाली हस्ताक्षर र आदानप्रदान गरेका थिए ।
    एभरेष्ट बैंकले हाल आफ्ना ११३ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १४६ एटिएम तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्कमार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्