News Portal

  • सिटिजन लाइफले रोल्पामा खोल्यो नयाँ शाखा

    आर्थीकसंसार संवाददाता१५ फागुन, २०७८
    ७४८ पटक
    १५ फागुन, २०७८

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले रोल्पामा नयाँ शाखा शुभारम्भ गरेको छ । इन्स्योरेन्सले फागुन १५ गते उक्त शाखाको उद्घाटन गरेको हो ।
    कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, चिफ मार्केटिङ अफिसर सिएमओ भूषण रिमाल, चिफ विजनेश अफिसर शुनिल पोखरेल, तालिम बिभाग प्रमुख कुबेर पाठक लागायतले रोल्पा शाखाको उद्घाटन गरेका हुन् ।
    शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले जीवन बीमाले आर्थिक जोखिम बहन गर्ने हुँदा बीमा आवश्यक बन्दै गएको बताए ।
    उनले सिटिजन लाईफले अधिकांश विधि प्रकृयालाई प्रविधिमैत्री बनाउन सफल भएको बताए । ‘हामी प्रविधिलाई उच्चतम प्रयोग गर्ने नीतिका साथ काम गरिरहेका छौँ,’ उनले भने, समयको माग अनुरुप चल्नु नै सिटिजनको सफलता पनि हो ।’
    शुभारम्भ कार्यक्रममा बोल्दै चिफ मार्केटिङ अफिसर भूषण रिमालले बजारको मागलाई बुझेर सेवा वितरणलाई सहज बनाउनुपर्ने बताए । उनले इन्स्योरेन्स कम्पनीहरुले आर्थिक जोखिमबाट जोगाउने हुनाले अभियान कै रुपमा लाग्नु पर्नेमा जोड दिए ।
    २०७७ चैतदेखि सञ्चालनमा रहेको उक्त शाखाको औपचारिक शुभारम्भ भने फागुन १५ गते गरिएको छ ।

     

    प्रतिकृया दिनुहोस्