News Portal

  • नेपाल इन्भेष्टमेण्ट बैंक ३६औं वर्षमा

    आर्थीकसंसार संवाददाता१५ फागुन, २०७८
    ७६४ पटक
    १५ फागुन, २०७८

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ वर्ष पुरा गरेको छ । यस अवसरमा बैंकले ‘निक्षेप रकम २० वर्षमा ६ गुणा हुने गज्जब ६ मुद्दती खाता’ योजना संचालनमा ल्याएको छ ।
    बैंकले वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालयहरुले रक्तदान, वृद्धाश्रम र बालगृहमा खाना खुवाउने, धार्मिक क्षेत्रमा फोहोर मैला संकलन तथा व्यवस्थापनका लागि आवश्यक सामाग्री उपलब्ध गराउने, विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरेको थियो ।
    ३६ वर्षमा आइपुग्दा बैंकले देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारितरराजस्व संकलन काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय सेवा प्रदान गर्न सफल भएको छ ।
    नेपाल इन्भेष्टमेण्ट बैंक पाँच पटकसम्म बैंक अफ द इयर र युरो मनी अवार्डबाट सम्मानित भइसकेको छ ।

     

    प्रतिकृया दिनुहोस्