News Portal

  • महालक्ष्मी विकास बैंंकको २१ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता१४ फागुन, २०७८
    १०३९ पटक
    १४ फागुन, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे स्थगित बीसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा फागुन १३ गते शुक्रबार साधारणसभा भएको हो ।
    साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७७/७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।
    यसैगरी वार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
    सभाका अध्यक्ष उपाध्यायले शेयरधनी महानुभावहरुहरुबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले आगामी दिनमा थप प्रगति हासिल गर्ने कुरा बताए । साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्याउन भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे ।
    स्थगित बीसौं वार्षिक साधारण सभाबाट संस्थापक समूह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपककुमार रौनीयार र सर्वसाधारण समूह (ख) बाट श्यामसुन्दर रुङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल संचालक पदमा निर्वाचित भएका छन् ।

    प्रतिकृया दिनुहोस्