News Portal

  • गुडविल फाइनान्सको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

    आर्थीकसंसार संवाददाता१३ फागुन, २०७८
    ७०४ पटक
    १३ फागुन, २०७८

    काठमाडौं । गुडविल फाइनान्सले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशलमव १ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको जनाएको छ ।
    पुस १५ गतेसम्म अभौतिकीकरण गराएका शेयरधनीको हकमा सम्बन्धित हितग्राही खातामा नै जम्मा गरिदिएको र सो मितिपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको पनि क्रमशः बोनस शेयर जम्मा हुने कम्पनीले जनाएको छ ।
    साथै हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर अभौतिकीकरण गराएपछि मात्र आफ्नो बोनश शेयर हितग्राही खातामा नै जम्मा हुने बताएको छ ।

    प्रतिकृया दिनुहोस्