News Portal

  • नेष्डो समृद्ध लघुवित्तको आइपीओमा दोस्रो दिन २२ गुणा बढीको पर्यो आवेदन

    आर्थीकसंसार संवाददाता१२ फागुन, २०७८
    १०३३ पटक
    १२ फागुन, २०७८

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले निष्काशन गरेको आइपीओमा आज दोस्रो दिनसम्ममा माग भन्दा २२ गुणा बढीको आवेदन परेको छ । बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आइपीओमा आज साँझ ६ बजेसम्ममा १४ लाख ७५ हजार ९ सय ५२ जना आवेदकले १ करोड ७२ लाख ४८ हजार ९ सय १० कित्ता शेयरको लागि आवेदन दिएका हुन् । यो माग गरिए भन्दा २२.२६ गुणा बढी हो ।


    संस्थाले सर्वसाधारण समुहको ८ लाख २८ हजार ७५० कित्ता प्राथमिक शेयर यहि फागुन १५ गतेसम्म बिक्री खुला गर्नेछ । सर्वसाधारण समुहको उक्त शेयर मध्ये ०।५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । त्यस्तै ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरेर बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।
    सर्वसाधारणले प्रति कित्ता १०० रुपैयाँको दरमा न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । अहिलेसम्मको आइपिओमा देखिएको आकर्षणलाई हेर्दा अधिकतम २० कित्ता भन्दा धेरैको लागि आवेदन दिनु पर्ने देखिदैन । संस्थाको आइपिओ ७७ हजार ४५० जनाले १०र१० कित्ता पाउने छन् भने उनिहरु मध्येकै भाग्यशाली ६ जनाले थप एक कित्ता पाउने छन् । यस हिसावले अधिकतम २० कित्ता भन्दा धेरैको लागि आवेदन दिनु पर्ने देखिदैन । नियम अनुसार आवेदन दिदा १० ले भाग जाने संख्यामा आवेदन दिनु पर्ने भएकाले २० कित्ताको लागि दिनु परेको हो ।
    लगानीकर्ताले सि(आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरको अनलाइन एप्लिकेसनबाट पनि आवेदन दिन सक्ने छन् । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
    सर्वसाधारण समुहको शेयर निष्काशन पछि संस्थाको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्ने छ । जस मध्ये संस्थापम समुह तर्फ ६७।५० प्रतिशत र सर्वसाधारण समुह तर्फ ३२।५० प्रतिशत हिस्सा हुनेछ । संस्थाको प्रमुख शेयरधनीहरुमा राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, प्रभु बैंक रहेका छन् ।
    पर्वत कुश्मामा केन्द्रिय कार्यालय रहेको नेष्डोको ५६ वटा शाखा कार्यालय रहेका छन् । संस्थाको प्रतिशेयर नेटवर्थ ३५२ रुपैयाँ रहेको छ । पछिल्लो लेखापरीक्षण प्रतिवेदन अनुसार भने २६० रुपैयाँ रहेको छ । हाल प्रतिशेयर आम्दानी ९४ रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्