News Portal

  • पतञ्जली योग सूत्र पुस्तक विमोचन

    आर्थीकसंसार संवाददाता१२ फागुन, २०७८
    ८७३ पटक
    १२ फागुन, २०७८

    काठमाडौं । द आर्ट अफ लिभिङ विक्रम सम्बत् २०६० सालमा नेपालमा दर्ता भई सेवारत सामाजिक संस्था हो । यसले तनावमुक्त मन र हिंसामुक्त समाज भन्ने आफ्नो उद्धेश्य हासिल गर्न विभिन्न सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस संस्थाले तनाव व्यवस्थापन सम्बन्धि विभिन्न तालिमहरू सञ्चालनको साथै द्वन्द्वयुक्त क्षेत्रमा शान्ति कायम गर्ने लगायत भूकम्प तथा कोरोना संक्रमण जस्ता विपत्कालीन समयमा अग्रपंक्तिमा रहेर सेवा गर्दै आएको छ ।


    साथै पूर्वीय दर्शन र संस्कृतिमा आधारित विभिन्न ज्ञान संप्रेषण गर्नका लागि समय–समयमा गुरुदेव श्री रविशंकरबाट प्रदान भएका ज्ञान सम्बन्धी जीवनोपयोगी पुस्तक प्रकाशन गरी वितरण गर्दै आएको छ । यस क्रममा मिति २०७८।११।९ गते सोमबारका दिन रवि शंकरद्वारा व्याख्या गरिएको “पतञ्जलि योग सूत्र” को नेपाली भाषामा अनुवादित पुस्तक विमोचन गरिएको थियो ।
    “पतञ्जली योग सूत्र“ महर्षि पतञ्जलिले मानव चेतनाको उच्चतम अवस्था हासिल गर्ने तरिकाको रूपमा उल्लेख गरेका संक्षिप्त सूत्रहरूको संकलन हो । यिनै सूत्रहरूको वारेमा रवि शंकरले ज्ञानबद्र्ध्धक व्याख्या गर्नुभएको थियो । यस पुस्तकमा योगको अनुशासन, समाधि, ईश्वर, क्रियायोग, दुःखका कारण र यसबाट मुक्तिका उपाय, अष्टाङ्ग–योग आदि विषयमा सरल व्याख्या गरिएको छ ।
    उक्त व्याख्यामा आधारित अङ्ग्रेजी पुस्तक आर्ट अफ लिभिङका प्रशिक्षक सूर्य पराजुलीले नेपाली भाषामा अनुवाद गर्नुभएको हो । द आर्ट अफ लिभिङ नेपालले प्रकाशन गरेको यस पुस्तकलाई नेपाल भाषा प्रज्ञा प्रतिष्ठानका कुलपति तथा साहित्यकार शताब्दि–पुरूष सत्यमोहन जोशी, स्कूल अफ योगका निर्देशक दिनेश काशीकर र आर्ट अफ लिभिङका प्रशिक्षक माधव नेपालले गर्नु भएको छ ।

    प्रतिकृया दिनुहोस्