News Portal

  • राष्ट्र उत्थानको आइपिओ भोलि बाँडफाँड हुने

    आर्थीकसंसार संवाददाता११ फागुन, २०७८
    ६९९ पटक
    ११ फागुन, २०७८

    काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर भोलि फागुन १२ गते बाँडफाँड हुने भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईविएल एस क्यापिटलले भोलि दिउसो तीन बजे बाँडफाँड गर्ने भएको हो ।
    संस्थाले फागुन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो । कम्पनीको प्राथमिक शेयरका लागि २६ लाख २६ हजार ९० जनाले तीन करोड ४ लाख ३१ हजार ३७० कित्ताको लागि आवेदन दिएका थिए । जुन माग भन्दा ३८.३० गुणा बढी आवेदन हो ।
    संस्थाले सर्वसाधारण समुह तर्फको ८ लाख ५० हजार कित्ता मध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता म्युचुअल फण्डको लागि सुरक्षित गरेर बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता आम सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । राष्ट्र उत्थानको आइपिओ ७९ हजार ४५० भाग्यमानीले १०/१० कित्ताका दरले शेयर पाउने छन् ।

    प्रतिकृया दिनुहोस्