News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकको १०९ औं शाखा दाङको गढवामा

    आर्थीकसंसार संवाददाता१० फागुन, २०७८
    ४८१ पटक
    १० फागुन, २०७८

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दाङको गढवा गाउँपालिका-६ स्थित शाखा सञ्चालनमा ल्याएको छ । ग्रामिण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै गढवा गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
    गढवा शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०९ पुगेको छ । यस शाखाको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहज राम अहिरले गरेका हुन् ।
    सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएको छ । यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकले अझ सरल र सहज तरिकाले बैकिङ सेवा लिने वातावरण बनेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्