News Portal

  • मेरो माइक्रो फाइनान्स लघुबित्त मनमैजुद्वारा गणेश महिला केन्द्रलाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता९ फागुन, २०७८
    ८१८ पटक
    ९ फागुन, २०७८

    काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको शाखा कार्यालय मनमैजुद्वारा तारकेश्वर नगरपालिका ४ लोलाङस्थित जितगुरु गणेश महिला केन्द्रलाई आर्थिक सहयोग गरेको छ । फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार महिला केन्द्रलाई केन्द्र घर बनाउन आर्थिक सहयोग गरेको हो ।
    शाखाका प्रबन्धक चक्र बहादुर लामाले महिला केन्द्रका प्रमुख उमा देवी भण्डारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा केन्द्रका प्रमुख भण्डारीले समुहमार्फत संस्थाले महिला उत्थानका लागि विभिन्न सामाजिक क्रियाकलापहरुमा सहयोग गर्दै आएकोमा लघुबित्त प्रती आभार प्रकट गरेकी छिन् ।
    त्यस्तै संस्थाका शाखा प्रबन्ध लामाले महिलाहरु समुहमा आबद्ध भई आर्थिक उपार्जन गरेर महिलामा सशक्तीकरण हुनुको साथै समाज बिकासमा परिवर्तन आएको समेत बताए ।
    मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको छ । देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत करिब १ लाख ८० हजार घरपरिवारलाई बित्तीय सेवा पुर्याउदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्