News Portal

  • एनआईसी एशिया बैंकद्वारा १० लाखको घातक रोग बीमा रकम भुक्तानी

    आर्थीकसंसार संवाददाता९ फागुन, २०७८
    ६५० पटक
    ९ फागुन, २०७८

    काठमाडौं । एनआईसी एशिया बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध १० लाखको घातक रोग बीमा रकम एक जना खातावालालाई भुक्तानी गरेको छ ।
    बैंकले बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत योजनाअन्तर्गतको ‘डायमण्ड श्रेणी’को खाता खोल्ने भिमसेनगोलाका ३६ वर्षीय श्यामप्रसाद पन्तलाई उक्त घातक रोगको उपचार बीमा भुक्तानी गरेको हो ।
    बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । निज खातावालालाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको बैंकले जानकारी दिएको छ ।
    यस बैंकको बीमासहितको बचत खाताअन्तर्गत हालसम्म देशभरका ७०० जना भन्दा बढी ग्राहकहरूले बीमा वापत ४ करोड ३० लाख भन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले हाल लिएर आएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाको गुडविल एम्बेसडर श्रेणी अन्तर्गत ५ वर्षको लागि खातावाला एवं निजले मनोनित गरेको ३ अन्य व्यक्तिहरूको प्रतिव्यक्ति २१ लाखसम्मको गरी कुल ८४ लाखसम्मको बीमा फाइदाको व्यवस्था गरेको छ ।
    साथै, यस निक्षेप योजनाअनुसार ग्राहकहरूले प्राप्त गर्ने ३ बीमासम्बन्धी फाइदाहरू, ३ कर्जासम्बन्धी फाइदाहरूलगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, लकर सेवा, एटिएमलगायत १८ अन्य फाइदाहरू नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक ५ वर्षको लागि पूर्णरुपमा निःशुल्क रहने व्यवस्था बैंकले गरेको छ ।
    बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्