News Portal

  • ओरिएण्टल इन्स्योरेन्सको मुनाफा ३० गुणाले बढ्यो

    आर्थीकसंसार संवाददाता८ फागुन, २०७८
    ८८६ पटक
    ८ फागुन, २०७८

    काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीको मुनाफा ३० गुणाले बृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा २१ करोड ७१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ७१ लाख ५४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
    कम्पनीको निर्जीवन बीमा व्यवसाय भन्दा बाहिरबाट भएको आम्दानीले मुनाफमा उल्लेख्य सुधार भएको हो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आय व्यय हिसावबाट सारेको नाफा मात्रै ३३ करोड ७१ लाख रुपैयाँ छ । जवकी यहि हिसाव गत वर्षको यहि अवधिमा ६४ लाख रुपैयाँ मात्रै थियो ।
    ओरिएण्टलको खुद बीमा शुल्क आर्जन १०.३९ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा कम्पनीले ४४ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ४० करोड १७ लाख रुपैयाँ थियो । गत वर्षको यहि अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १६ करोड ६४ लाख रुपैयाँ थियो । गत वर्षको यहि अवधिमा २४ करोड ७८ लाख रुपैयाँ थियो ।
    भुक्तानी गर्न बाँकी दाबी रकम भने ९७ करोड ३० लाख रुपैयाँ थियो । गत वर्षको यहि अवधिमा एक अर्ब ५ करोड रुपैयाँ थियो । कम्पनीको हालको जारी बीमालेख संख्या भने १८ हजार ४०२ वटा छ । भारतीय निर्जीवन बीमा कम्पनी ओरिएण्टलको शाखा कार्यालयको रुपमा रहेको हुँदा चुक्ता पूँजी छैन । तर कम्पनीको २४ करोड ८४ लाख रुपैयाँ छ । बीमा कोषमा भने एक अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्