News Portal

  • धितोपत्र बोर्डका अध्यक्ष हामालले सम्हाले कार्यभार

    आर्थीकसंसार संवाददाता८ फागुन, २०७८
    ९४७ पटक
    ८ फागुन, २०७८

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष रमेश हमालले कार्यभार सम्हालेका छन् । उनले शुक्रवार अर्थमन्त्री जनार्दन शर्मा सँग सपथ ग्रहण गरेका थिए । शुक्रवार सपथ ग्रहण गरे सँगै आजदेखि धितोपत्र बोर्डको अध्यक्षको कार्यभार सम्हालेका हुन् ।
    कार्यभार सम्हाल्ने क्रममा अध्यक्ष हमालले साना लगानीकर्ताको हकहितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बजारलाई बलियो, स्वस्थ र पारदर्शी बनाउन पर्यत्न गर्दै बजारको विकास नै आफ्नो चाहना रहेको र आफू यसैमा चिन्तित रहेको उनले बताए । अध्यक्षका रुपमा आफूले लगानीकर्ताको मनोविज्ञान बुझेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साना लगानीकर्तालाई नबचाउने मार्केटको कहिले पनि दिगो रुपमा विकास हुन नसक्ने धारणा व्यक्त गरेका छन् । हमालले साना लगानीकर्ताको लगानी जोखिममा नपर्ने गरी काम गर्ने नै आफ्नो सबैभन्दा ठुलो उद्देश्य रहेको बताएका हुन् ।

    प्रतिकृया दिनुहोस्