आर्थीकसंसार संवाददाता८ फागुन, २०७८
८ फागुन, २०७८काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ता किन्दा छुट पाउने भएका छन् । बैंक र गोल्डस्टारबीच आइतबार यसबारे सम्झौता भएको हो ।
सम्झौताअनुरुप गरिमा विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गरि गरिमा स्मार्टबाट भुक्तानी गर्नुहुँदा तत्काल १५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।
यो छुट योजना गोल्डस्टारको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गर्दा मात्र लागू हुनेछ भने अफलाईन स्टोरबाट जुत्ता खरिद गर्दा लागू नहुने बैंकले जनाएको छ ।
हाल, गरिमा विकास बैंकले नेपालभर ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।