News Portal

  • सिद्धार्थ बैंकका ग्राहकलाई कलाक्रस रिसोर्टमा छुट

    आर्थीकसंसार संवाददाता८ फागुन, २०७८
    ६९५ पटक
    ८ फागुन, २०७८

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र वीरगंजको कलाक्रस रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
    उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट वीरगञ्ज शाखाका शाखा प्रबन्धक बाबुराम न्यौपाने र कलाक्रस रिसोर्टका तर्फबाट महाप्रबन्धक राजेश रन्जनले हस्ताक्षर गरेका छन् ।
    उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले कलाक्रस रिसोर्टमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग प्रयोग गरे बापत होटल बसाई सेवाको भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्