News Portal

  • एनएमबिका ग्राहकलाई विराटनगरको हाम्रो अस्पतालमा छुट

    आर्थीकसंसार संवाददाता८ फागुन, २०७८
    ७६४ पटक
    ८ फागुन, २०७८

    काठमाडौं । एनएमबि बैंकले बिराटनगर, वडा नं. ४ स्थित हाम्रो अस्पतालसँग सम्झौता गरेको छ । बैंकले ग्राहक र कर्मचारीलाई अस्पतालको उपचार सेवामा छुट उपलब्ध गराउन सम्झौता गरेको हो ।
    समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रदेश १ का प्रमुख उत्सव घिमिरे र अस्पतालका तर्फबाट निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गरेका थिए ।
    उक्त सम्झौताअनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा एनएमबि बैंकका कर्मचारीलाई विशेष छुट तथा सहुलियत दिने जानकारी दिइने अस्पतालले जनाएको छ । उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परीक्षणहरु र शल्यक्रियामा छुट उपलब्ध गराउने बैंकले जनाएको छ ।
    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्