काठमाडौं । कोका–कोला नेपालले अझ स्वादिष्ट र स्फुर्तीदायक स्वादमा नयाँँ कोका–कोला जेरो सुगर बजारमा ल्याएको छ । आइकोनिक क्लासिक कोकको जस्तै स्वाद भएको यो नयाँँ कोका–कोला जेरो सुगर आकर्षक र नयाँँ बोल्ड प्याकेजिङमा उपलब्ध छ । अब नेपाली उपभोक्ताहरुले नो क्यालोरी र जेरो सुगर कोका–कोलाको स्वाद लिन सक्नेछन् ।
व्यापक बजार परिक्षण र इन–हाउस इनोभेसन मार्फत बजारमा ल्याइएको कोका–कोला जेरो सुगर अझै शानदार प्याकेजिङ्ग र उत्कृष्ट स्वादको साथमा आएको छ । नो सुगर पेय पदार्थ रुचाउने तर क्यालोरी नियन्त्रण गर्न चाहने मानिसहरुका लागि यो कोका–कोला जेरो सुगर अत्यन्तै उपयुक्त रहेको छ ।
सन् २००५ मा विश्वव्यापी रुपमा लन्च गरिएको यो कोका–कोला जेरो सुगरलाई कोका–कोला क्लासिकको जस्तै स्वाद दिनको लागि सन् २०१७ मा रिफर्मुलेट गरिएको थियो । नेपालमा यो २०१६ नोभेम्बरमा पहिलोपल्ट लन्च भएको थियो ।
लन्चको बारेमा बोल्दै कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्नुभयो, “हामी सदैव उपभोक्ताहरुको चाहना र आवश्यकताअनुसारको उत्पादनहरु नै बजारमा ल्याउने प्रयास गर्छौँ । यो नयाँँ स्वाद र नयाँँ प्याकेजिङ सहितको कोका–कोला जेरो सुगरलाई विश्वभरीकै उपभोक्ताहरुले मन पराउनुभएको छ र यसलाई नेपालमा पनि उपलब्ध गराउन पाउँदा हामीलाई खुशी लागेको छ । नेपाली उपभोक्ताहरुले पनि यो नयाँँ कोका–कोला जेरो सुगरलाई मन पराइदिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।”
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेलेले भन्नुभयो, “आफ्नो व्यस्त जीवनशैलीलाई सुहाउने र स्वादमा सम्झौता गर्नु नपरी चिसो पेय पदार्थको आनन्द अनुभव गर्न चाहने समस्त युवा तथा अन्य उपभोक्ताहरुको लागि यो कोका–कोला जेरो सुगर अत्यन्तै उपयुक्त छ । संसारभरी नै अत्यन्त रुचाइएको यो कोका–कोला जेरो सुगरलाई नेपाली उपभोक्ताहरु सामु ल्याउन पाउँदा हामी उत्साहित छौँ ।”
नयाँँ कोका–कोला जेरो सुगर ५०० मि.लि. र २५० मि.लि.मा नेपालभर उपलब्ध छ ।
कोका–कोला नेपालले ल्यायो नयाँँ कोका–कोला जेरो सुगरको स्वादमा
आर्थीकसंसार संवाददाता७ फागुन, २०७८
७ फागुन, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?