News Portal

  • थप ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता६ फागुन, २०७८
    १०२० पटक
    ६ फागुन, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार ५४४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४५४ जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ४८ हजार ७८४ पुगेको छ ।
    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस्