News Portal

  • नेशनल लाइफले डाक्यो साधारणसभा

    आर्थीकसंसार संवाददाता६ फागुन, २०७८
    १२८० पटक
    ६ फागुन, २०७८

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले फागुन २९ गते ३३ औ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले भर्चुअल माध्यमबाट साधारणसभा आयोजना गर्नेछ । साभारणभामा यस अगाडी घोषणा भएको १९ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांसको प्रस्ताव पारितका लागि पेश गरिने भएको छ ।
    सभाले संस्थापक समुहको तर्फबाट ३ जना र सर्वसाधारण समुहको २ जना सहित ५ जनाको निर्वाचन गर्ने भएको छ ।
    संचालक समितिले प्रस्ताव गरे वमोजिम कम्पनीको हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँको १९ प्रतिशत अर्थात ६४ करोड ४२ रुपैयाँको बोनस शेयरको प्रस्ताव सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने छन् । सभामा प्रस्तावित बोनस शेयर कार्यान्वयन गर्न एवं भविष्यमा संभावित पूँजी सम्बन्धि आवस्यकता समेतलाई दृष्टिगत गरी प्रबन्धपत्रको दफा ८ र नियमावलीको नियम ४ मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी ७ अर्ब र जारी पूँजी ६ अर्ब पुर्याउन विशेष प्रस्ताव पेश गरिनेछ ।
    कम्पनी ऐन २०६३ को दफा १०५ (१) ग वमोजिम आर्थिक वर्ष २०७६/२०७७ मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ । कम्पनीको प्रबन्धपत्र र नियमावलीको संशोधनमा सम्बन्धित नियमनकारी निकायले फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न सचालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ ।
    संचालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७६/७७ को वासलात, आय-व्यय हिसाव, नाफा-नोक्सान हिसाव एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । लेखापरीक्षण समितिको सिफारित वबोजिम आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने सामान्य प्रस्ताव पनि सभामा पेश गरिनेछ । संचालक समितिले प्रस्ताव गरे बमोजिम बोनस शेयर बापतको कर प्रयोजनको लागि ३ करोड ३९ लाख नगद लाभांश पनि स्वीकृतिका लागि पेश गरिनेछ ।
    साधारणसभाको प्रयोजनका लागि फागुन २२ गते एक दिन बुक क्लोज हुने भएको छ । कम्पनीले घोषणा गरेको लाभांश पुस २१ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्राप्त गर्ने छन् । त्यस्तै उनिहरु सञ्चालक समितिको सदश्य पदको निर्वाचनका लागि र मतदानका लागि योग्य हुने छन् ।

    प्रतिकृया दिनुहोस्