News Portal

  • सिबिआईएल क्यापिटलले संस्थापक शेयर खरिद बिक्री व्यवस्थापन सेवा शुरु गर्यो

    आर्थीकसंसार संवाददाता५ फागुन, २०७८
    ९७८ पटक
    ५ फागुन, २०७८

    काठमाडौं । सि.बि.आई.एल क्यापिटल लिमिटेडले विभिन्न संस्थाका संस्थापक शेयरहरुको खरिद बिक्रीे व्यवस्थापन सेवा सुचारु गरेको छ ।
    यस सेवामा संस्थापक शेयरधनीको शेयरहरुको उचित मूल्याङ्कन, खरिद बिक्रीकर्ताहरुको खोजी, शेयरहरुको लिलाम बढाबढ व्यवस्थापन र किनबेच भएका शेयरहरुको ब्रोकर मार्फत कारोबार गर्ने सेवाहरु दिइनेछ । यसका लागि इच्छुक संस्थापक शेयरधनीहरुले सि.बि.आई.एल. क्यापिटल लिमिटेड, डिल्लाबजार, काठमाडौं, फोन नं. ०१–४५१७७२३, ४५१७४५७ एक्सटेन्सन ः २१६ वा इमेल ठेगाना [email protected] मा सम्पर्क राखी यो सेवा लिन सक्नुहुनेछ ।

    प्रतिकृया दिनुहोस्