News Portal

  • सिभिल बैंक र एफ वन सफ्ट इन्टरनेसनलबीच सम्झौता

    आर्थीकसंसार संवाददाता४ फागुन, २०७८
    १०२० पटक
    ४ फागुन, २०७८

    काठमाडौं । सिभिल बैंक र एफ वन सफ्ट इन्टरनेसनलबीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल र एफ वन सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका हुन् ।
    डिजीटल बैंकिङ सेवा तथा सुविधाहरुलाई अझ बढी प्रभाकारी बनाउनको लागि बैंकले मोवाइल बैकिङ्ग सुविधालाई अझ बढी सवल र सुदृढ बनाई ग्राहकहरुको सहज वित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नती गर्न लागेको हो । अब गरिने स्तरोन्नतीपश्चात सिभिल बैंकका ग्राहकहरुले मोबाईल एपमार्फत नै बैंक खाता खोल्ने, पैसा पठाउने, खातामा पैसा जम्मा गर्ने, बैंक लोन लिनेजस्ता सेवाहरुको उपयोग गरी सहज तथा सरल ढंगबाट आफुलाई आवश्यक बित्तीय सेवा उपभोग गर्न सक्नेछन् जुन आफैमा एक नौलो सुविधा प्रयोग गरिएको अनुभव प्रदान गर्ने खालको हुनेछ ।
    बैंकले हालसम्म करिव सात लाख ग्राहकलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरुमार्फत सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्