
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नौ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर एवम् उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी नौ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २७४ पुगेको छ ।
बैंकले भोजपुर जिल्लाको भोजपुर नगरपालिका–३, दावाँ, रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–१, देउराली बजार तथा वडा नं। ६, रिष्ठे बजार, धनुषा जिल्लाको मिथिला नगरपालिका–४, पुष्पवलपुर तथा बटेश्वर गाउँपालिका–४, बटेश्वर, खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मी, नुवाकोट जिल्लाको लिखु गाउँपालिका–४, चौघडा, रुपन्देही जिल्लाको देवदह नगरपालिका–४, भवानीपुर र उदयपुर जिल्लाको कटारी नगरपालिका–६, बाँकेटारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिने, नेपाल टेलिकम सिडिएमएको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढाटाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको जनाएको छ ।
बैंकले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।