News Portal

  • राष्ट्र उत्थान लघुवित्तको आइपिओ आजदेखि बिक्री खुला

    आर्थीकसंसार संवाददाता४ फागुन, २०७८
    ९५२ पटक
    ४ फागुन, २०७८

    काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन खुला गरेको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।
    जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ९४ हजार ५ सय कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
    उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा लगानीकर्ताले छिटोमा फागुन ८ गतेसम्म बिक्री खुला गर्नेछ । यदि पहिलो चरणमा बिक्री नभएमा मात्र ढीलोमा फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
    यस भन्दा अगाडीको प्राथमिक शेयर निष्काशनमा २७ लाख भन्दा धेरैको आवेदन परेको हुँदा यसमा अधिकतम १० कित्ता भन्दा धेरैको लागि आवेदन दिनु पर्ने देखिदैन । संस्थाको प्राथमिक शेयर जम्मा ७८ हजार ४५० जनाले मात्रै १०/१० कित्ताका दरले प्राप्त गर्ने छन् ।
    संस्थाको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । संस्थाको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

    प्रतिकृया दिनुहोस्