News Portal

  • मुक्तिनाथ विकास बैंकद्वारा बागेश्वरी मन्दिरलाई सहयोग

    आर्थीकसंसार संवाददाता३ फागुन, २०७८
    ८८५ पटक
    ३ फागुन, २०७८

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपालगञ्जस्थित बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सहयोग गरेको छ । बैंकले संस्थागत उत्तरदायित्वअन्तर्गत समितिलाई सिसिटिभी क्यामेराहरु लागि सहयोग गरेको हो ।
    बैंकले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसँगको सहकार्यमा बागेश्वरी मन्दिरमा ८ थान सिसिटिभी क्यामेराहरु जडानको शुभारम्भ गरिसकेको छ । उक्त शुभारम्भ कार्यक्रममा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ, मार्केटिंङ प्रमुख बसन्त बक्शी, कोहलपुर क्षेत्रीय प्रमख विजय केसी, नेपालगञ्ज शाखाका प्रबन्दक परवीन केसी र अन्य कर्मचारीहरुको उपस्थिति तथा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।
    यस सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनहरुको सुरक्षा र मन्दिरको भौतिक संरचनाहरुको संरक्षण गर्न मद्दत पुग्ने विश्वास लिएको बैंकले लिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्