
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ग्राहकवर्गलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्देश्यका साथ ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ । न्यूनतम १ हजार रुपैयाँ मौज्दातमा सुरु गर्न सकिने ‘स्वर्णिम निक्षेप योजना’ एक क्रमिक (रिकरिङ्ग) निक्षेप खाता हो ।
सो निक्षेप योजनाअन्तर्गत ५ वर्ष वा सोभन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्धती बराबरको व्याजदरको फाइदा लिन सकिनेछ । साथै निक्षेप योजनाअन्र्तगत योजना अवधिभित्र आफ्नो अनुकुलताअनुसार जति पनि रकम जम्मा गर्न सकिन्छ भने आफुले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्धती बराबरको ब्याजदर पाइने बैंकले जनाएको छ ।
बैंकले ‘स्वर्णिम निक्षेप योजना’अन्तर्गत उच्चतम ११.५५% ब्याजदर प्रदान गर्न लागेको हो । सो निक्षेप खातामा लगानी गर्दै उत्कृष्ट प्रतिफल लिन इच्छुक तर एकमुष्ठ ठूलो रकम जम्मा गराउन भने सम्भव नभएका ग्राहकवर्गका लागि समेत क्रमिक रुपमा रकम जम्मा गर्न सकिने स्वर्णिम निक्षेप योजना निकै उपयोगी सावित हुने बैंकले अपेक्षा गरेको छ ।
हाल गरिमा विकास बैंकले देशका ३७ जिल्लामा ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएममार्फत आफ्ना सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा दिँदै आइरहेको छ ।