News Portal

  • सिटिजन्स बैंकका ग्राहकलाई बुटवलको एसईईडी ल्याबमा छुट

    आर्थीकसंसार संवाददाता२ फागुन, २०७८
    ७९६ पटक
    २ फागुन, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बुटवलको एसईईडी ल्याबबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । बंैक र ल्याबबीच बैंकका कार्डबाहकहरुलाई ३० प्रतिशत छुट दिने सम्झौता भएको हो ।
    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।
    हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ९२ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाखभन्दा बढी ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्