News Portal

  • ग्लोबलको नयाँ एक्सटेन्सन काउण्टर गोरखाको बिरुवाटारमा

    आर्थीकसंसार संवाददाता२ फागुन, २०७८
    ७२५ पटक
    २ फागुन, २०७८

    काठमाडौं । ग्लोबल आइएमई बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका–७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
    बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै यस एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।
    बैंकको ४९औं एक्सटेन्सन काउन्टरको उद्घाटन पालुङ्गटार नगरपालिकाका मेयर दिपकबाबु कँडेलले गरेका थिए ।
    ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८५० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्