News Portal

  • युनियन लाइफको जीवन बीमा कोषमा ९ अर्ब ५३ करोड रुपैयाँ

    आर्थीकसंसार संवाददाता२९ माघ, २०७८
    ९५६ पटक
    २९ माघ, २०७८

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन २४.३९ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको अवधिमा तीन अर्ब ९८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो । गत वर्षको यहि अवधिमा तीन अर्ब २० करोड रुपैयाँ थियो ।
    कम्पनीको मुनाफामा ११.५६ प्रतिशतले सुधार भएको छ । कम्पनीले ६ महिनाको अवधिमा ७ करोड ०८ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा ६ करोड ३५ लाख रुपैयाँ थियो । बीमा शुल्कमा आएको सुधार सँगै कम्पनीको जीवन बीमा कोष पनि ५८ प्रतिशतले सुधार भएको छ । कम्पनीको जीवन बीमा कोषमा ९ अर्ब ५३ करोड रुपैयाँ जम्मा भएको छ ।
    केहि ठुला अभिकर्ताले सरेण्डर गराउदा यस वर्ष बीमा कम्पनीको दाबी भुक्तानी ५७.७३ प्रतिशतले बढेको छ । कम्पनीले एक अर्ब ४० करोड रुपैंयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा ८९ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।
    युनियनका अभिकर्ताले यस वर्ष ६४ करोड ८८ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । गत वर्षको यहि अवधिमा ६२ करोड १८ लाख रुपैयाँ पाएका थिए । प्रतिशेयर आम्दानी ६ रुपैयाँ रहेको कम्पनकीको चुक्ता पूँजी २ अर्ब १५ करोड रहेको छ । जगेडा कोषमा एक अर्ब १६ करोड रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्