News Portal

  • नेपाल लाइफ इन्स्योरेन्सले गर्यो मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२८ माघ, २०७८
    १२५४ पटक
    २८ माघ, २०७८

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोटेश्वर शाखाले दाबी गरेको दुई दिनमै मृत्यु दाबीको रकम भुक्तानी गरेको छ । कम्पनीका मृतकको इच्छाएको व्यक्तिलाई मृत्यु दाबीको तीन लाख १४ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
    २०६९ माघ २८ गते दुई लाख बीमाङ्कको बीमा गराएको बीमा लेख नं. १०७०१३६४२ रहेको बीमितको मस्तिष्कमा पानीको मात्रा बढी भएको कारण यही पुस २७ गते मृत्यु भएको थियो ।
    कम्पनीका कोटेश्वर शाखा प्रमुख ज्ञानेन्द्रमान तुलाधर (ज्ञानु)ले माघ २८ गते एक कार्यक्रममार्फत बीमितको इच्छाएको व्यक्ति खिलनाथ फुयाललाई मृत्यु दाबीको चेक रकम हस्तान्तरण गरे ।
    कार्यक्रममा कम्पनीका बरिष्ठ सहायक अनुजकुमार झा, सहायक प्रियङ्का कार्की र बरिष्ठ एजेन्सी म्यानेजर गोविन्द भट्टराईको समेत उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्