News Portal

  • बाह्रघरेमा सनराइजको शाखारहित बैंकिङ सेवा सञ्चालनमा

    आर्थीकसंसार संवाददाता२८ माघ, २०७८
    १३९८ पटक
    २८ माघ, २०७८

    काठमाडौं । सनराइज बैंकले झापाको कमल गाउँपालिका–७ बाह्रघरेमा शाखारहित बैंकिङ सेवाको सुरु गरेको छ । बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि विजय गौलीलार्ई प्रतिनिधिका रूपमा नियुक्त गरेको छ ।
    बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिनेछ । सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत सेवा लिन सक्नेछन् ।
    कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच बढाउने उद्देश्यले शाखारहित इकाई विस्तार गरिएको बैंकले बताएको छ । कार्यक्रममा गाउँपालिकाको वडा नं. ७ का वडाध्यक्ष पृथ्वीपति राई, शिक्षक, कर्मचारी, व्यापारीलगायत उपस्थित थिए । बैंकका प्रदेश १ प्रमुख विवेक निरौलाको सभापतित्वमा सञ्चालित कार्यक्रम सञ्चालन दमक शाखाका शाखा प्रबन्धक मदन तिम्सिनाले गरेका थिए ।
    हाल बैंकले १३९ शाखा, ८६ शाखारहित बैंकिङ इकाइ, १३ एक्सटेन्सन काउन्टर र १५९ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्