News Portal

  • नेपाल बङ्गलादेश बैंकका ११औं विस्तारित सेवा–केन्द्र सिमराकाे भारतीचोकमा

    आर्थीकसंसार संवाददाता२७ माघ, २०७८
    ११३६ पटक
    २७ माघ, २०७८

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले सिमरा उपमहानगरपालिका वडा नं. १५ स्थित भारतीचोक, डुमरवानामा आफनो ११औं विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ ।
    उक्त सेवा केन्द्रको औपचारिक समुद्घाटन वडा नं. १५ का वडाअध्यक्ष राम प्रसाद लामिछानेले गरेका थिए ।
    बैंकले उक्त विस्तारित सेवा केन्द्रले सिमरा उपमहानगरपालिका वडा नं। १५ का साथै वडा नं ११, १२, १३, १४ र १६ मा वित्तिय पहुँच पुर्याई हरेक नेपालीको कम्तिमा एक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउने उद्देश्यका साथविस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ ।
    यस विस्तारित सेवाबाट उक्त क्षेत्रको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्तहुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारकालागिअन्यत्र टाढा जानुनपर्ने, सामाजिक सुरक्षालगायत नेपाल सरकारबाट बैंकिङ्ग प्रणालीमार्फत प्राप्त हुने सम्पूर्ण सेवाहरु सजिलै प्राप्त हुने, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुने लगायतका सुविधाहरू सहजै प्राप्त हुने बैंकले जनाएकाे छ ।
    नेपाल बङ्गलादेश बैंकले आफ्ना १०० शाखा, ११ एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधाउपलब्ध गराउँदै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्