News Portal

  • थप १३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता२७ माघ, २०७८
    ५२० पटक
    २७ माघ, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८८० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    यस सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ०७ हजार ९८६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २३८ जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ३० हजार ६०७ पुगेको छ ।
    त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस्