News Portal

  • पाँचथर पावरको वित्तीय विवरण सार्वजनिक

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०७७
    ६४६ पटक
    १५ भदौ, २०७७

    काठमाडौं । पाँचथर पावर कम्पनीले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजिनक गरेको छ । चौथौ त्रैमासमा कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ ।
    कम्पनीले यस अवधिमा कम्पनीले आठ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यसै अवधिमा पाँचथर पावर १२ करोड ६ लाख रुपैयाँ नोक्सानमा थियो । विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै कम्पनी नाफामा गएको हो । यस अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी १४ करोड ९३ लाख रुपैयाँले बढेर ३९ करेड ९२ रुपैयाँ पुगेको छ ।
    अघिल्लो वर्ष यसले २४ करोड ९९ लाख ९ हजार रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेको थियो । कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको र जगेडा कोष भने १३ करोड ९७ लाख ३ हजार रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ ८५ रुपैयाँ ४९ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्