News Portal

  • इमर्जिङ नेपालको आइपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?

    आर्थीकसंसार संवाददाता२६ माघ, २०७८
    १२७१ पटक
    २६ माघ, २०७८

    काठमाडौं । इमर्जिङ नेपालले आजबाट सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा साँझ ५ बजेसम्ममा ६ लाख ३३ हजार २ सय १७ जना आवेदकले ७४ लाख ४७ हजार ३ सय २० कित्ताको लागि आवेदन दिएका हुन् । यो माग गरिएभन्दा १४.४१ गुणा बढीको आवेदन परेको हो ।
    कम्पनीले सर्वसाधारण समुहको ५ लाख ५५ हजार ६०० कित्ता शेयर फागुन एक गतेसम्म बिक्री खुला गर्ने भएको हो । सर्वसाधारण समुहको ५ लाख ५५ हजार कित्ता मध्ये कर्मचारीका लागि २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता र सामुहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात २७ हजार २८० कित्ता शेयर सुरक्षित गरिएको छ । र बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता आम सर्वसाधारणका लागि बिक्री गरिने भएको हो ।
    सर्वसाधारण लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
    सर्वसाधारणले मेरो शेयरको अनलाइन एप्लिकेसनका साथै आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।
    पुर्वाधार विकास सम्बन्धी कम्पनीमा लगानी गर्ने उद्देयले स्थापित यस कम्पनीले २०७२ सालदेखि लगानी गर्दै आइरहेको छ । कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४० हजार रुपैयाँ पुग्नेछ । जसमा संस्थापक समुहको ९० प्रतिशत र सर्वसाधारण समुहको १० प्रतिशत हिस्सा रहने छ ।

    प्रतिकृया दिनुहोस्