News Portal

  • महालक्ष्मी लाइफको चौथो वार्षिक साधारण सभा भोलि

    आर्थीकसंसार संवाददाता२६ माघ, २०७८
    ११२८ पटक
    २६ माघ, २०७८

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले भोलि माघ २७ गते चौथो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले प्रधान कार्यालय कमलपोखरीमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।
    सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन उपर छलफल गरी पारिने प्रस्ताव लैजाने भएको छ । त्यस्तै लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ साल असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७६/७७ को आय व्यव हिसाव, नाफारनोक्सान र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्नेछ । सञ्चालक समितिद्धरा स्वतन्त्र सञ्चालकमा नियुक्त रविराज भट्टराईको नियुक्तिलाई अनुमोदन गर्ने भएको छ ।
    लेखापरीक्षण समितिद्धारा सिफारिस आनन्दराज शर्मा वाग्ले, वाग्ले एण्ड एसोसियट्सलाई आर्थिक वर्ष २०७७/७८ अवधिका लागि लेखा परिक्षकमा नियुक्त गर्ने प्रस्ताव रहेको छ ।
    कम्पनी ऐन २०६३ को दफा १०५ (१) (ग) बमोजिम आर्थिक वर्ष २०७६/७७ मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव साधारणसभा लैजाने भएको छ । साधारणसभा कोभिड १९ को संक्रमणका कारण भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्