काठमाडौं । बुधबारको सेयर बजारमा परिसूचक दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक १६.३० अंकले बढेर २८३५.५८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशतले घटी हो ।
दोहोरो अंकले घटेको बजारमा सेयर कारोबार रकम भने बढेको छ । बुधबार कूल ६ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १ अर्ब २६ करोड रुपैयाँले बढी हो । मंगलबारको बजारमा ५ अर्ब २ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको थियो ।
सर्वाधिक कारोबार गर्नेमा अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी छ । कम्पनीको एकैदिन ३५ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, टप गेनरको शीर्ष स्थानमा नेपाल इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको सेयर मूल्य ३.८३ प्रतिशतले बढेर प्रतिकित्ता ९२० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ३३.९० रुपैयाँले बढी हो । इन्स्योरेन्सको एकैदिन १६ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको प्रतिकित्ता सेयर न्यूनतम ८९५.१० रुपैयाँदेखि अधिकतम ९३७.३० रुपैयाँसम्म कारोबार भएको थियो ।
सबैभन्दा बढी सेयर मूल्य घट्नेमा लिबर्टी इनर्जी कम्पनी रहेको छ । कम्पनीको सेयर मूल्य एकैदिन ६.२७ प्रतिशतले घटेर प्रतिकित्ता ३८९ रुपैयाँमा झरेको छ ।
नेपाल इन्स्योरेन्स ‘टप गेनर’को शीर्ष स्थानमा
आर्थीकसंसार संवाददाता२५ माघ, २०७८
२५ माघ, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल
- सकियो ‘नाडा अटो शो’, ८२ हजार अवलोकनकर्ता