News Portal

  • सूर्या लाइफद्वारा घातक रोग वापतको दाबी रकम भुक्तानी

    आर्थीकसंसार संवाददाता२५ माघ, २०७८
    ६६२ पटक
    २५ माघ, २०७८

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका–१३ का बीमित दिपेन्द्र परियारलाई घातक रोग वापतको ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । उनलाई बीमालेख लिएको १ बर्ष नबित्दै क्यान्सर भएको थियो । सोहीअनुसार कम्पनीले उक्त रकम दिएको हो ।
    सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुको उपस्थितिमा दिपेन्द्र परियारलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले चेक हस्तान्तरण गरेका हुन् ।
    कम्पनीको आ.व. २०७८÷७९ को पुष मसान्त सम्ममा ५७४ पोलिसीको कुल ३२ करोड २७ लाख ९६, हजार १०५ रुपैयाँ भुक्तानी भइसकेको छ ।
    जनमानसमा बीमा दावी भुक्तानीसम्बन्धी नकारात्मक आवधारणालाई परिवर्तन गरी दाबी भुक्तानीलाई सरल, पारदर्शी र सत प्रतिशत फछ्र्यौट गर्ने अभियानमा सूर्या लाइफ रहेको कुरा प्रमुख कार्यकारी अधिकृतले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्