News Portal

  • रिलायबल लाइफको जीवन बीमा कोष ८९ प्रतिशतले बढ्यो

    आर्थीकसंसार संवाददाता२५ माघ, २०७८
    ९८६ पटक
    २५ माघ, २०७८

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा जीवन बीमा कोष ८९.२८ प्रतिशतले बढाउन सफल भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशसम्ममा कम्पनीको जीवन बीमा कोषमा तीन अर्ब ६१ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा जम्मा एक अर्ब ९० करोड रुपैयाँ थियो ।
    मुनाफामा भने सामान्य मात्रै सुधार भएको छ । कम्पनीले ६ महिनामा १८ करोड ५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १७ करोड ७९ लाख रुपैयाँ थियो । खुद बीमा शुल्क आर्जनमा भने राम्रो सुधार भएको छ । समिक्षा अवधिमा ४६ प्रतिशतले बढाउदै एक अर्ब ९२ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । त्यस्तै कुल बीमा शुल्क आर्जन भने २ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।
    यस अवधिमा दाबी भुक्तानी पनि ३० प्रतिशतले बढेको छ । कम्पनीले दोस्रो त्रैमाशिक अवधिसम्ममा ४० करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अभिकर्ताको कमिशन पनि ६४ प्रतिशतले बढेको छ । अभिकर्ताले २८ करोड ९३ लाख रुपैयाँ कमिशन बुझेका छन् ।
    चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १७८ रुपैयाँ रहेको छ । जगेडा कोषमा ३६ करोड १३ लाख रुपैयाँ जम्मा भएको छ । प्रतिशेयर आम्दानी २५ रुपैयाँ छ ।

    प्रतिकृया दिनुहोस्